• पुस १, २०७७
  • जुनकिरी खबर

इटहरीका तामाङ दृष्टिविहिन सन्तानमध्ये जेठो छोराको मृत्यु

alt

इटहरी २ घर भएका लक्ष्मण तामाङका जम्मा चार दृष्टिविहिन सन्तानमध्ये जेठो छोराको राती मृत्यु भएको छ ।

२ छोरा र २ छोरी चार जना नै दृष्टिविहिन भएर थलापरेको परिवारको २९ वर्षिय जेठो छोरा सरोजको मृत्यु भएको हो । जन्मँदा स्वस्थ जन्मिएका उनीहरुमा उमेर बढ्दै जाँदा अन्धोपनको समस्या देखिएको थियो । त्यससँगै शरीर कुँजो हुने र हिडडुल गर्नसमेत नसक्ने समस्या भएर थलिएका थिए ।

सबैतिर जँचाउँदा पनि रोग पत्ता नलागेपछि परिवारले हार खाएर उपचार गर्न र जाँचाउनै छाडेको थियो । तथापी विदेशमा जँचाएर उपचार गराउने इच्छा परिवारको थियो । तर आर्थिक अवस्थाका कारण पुरा हुन सकेको थिएन ।

बौद्ध परम्पराअनुसार उनको केही बेरमै उनको अन्त्येष्टि गरिने उनका पिता लक्ष्मणले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]