संसद् विघटन भएसँगै नेकपा सुनसरी सडक आन्दोलनको तयारी थालेको छ । नेकपा सुनसरीले जिल्ला स्थित नेता तथा कार्यकर्ताको भेला डाकी प्रधानमंत्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कदम विरुद्ध सडक आन्दोलन चर्काउने तयारी थालेको हो ।उनीहरुले संसद विघटन गरिएको विषय आफुहरुलाई स्विकार्य नहुने भन्दै सो कदम विरुद्ध सडक आन्दोलनमा उत्रने बताए ।
पार्टी कार्यालय इनरुवामा भेला भएका प्रदेश देखि नगर तह सम्मका नेताहरुले प्रधानमंत्री र राष्ट्रपति समेतको कदम राष्ट्रघाती भन्दै सडक संघर्षमा उत्रने उद्घोष गरे ।
नेकपा प्रदेश एकका सदस्य पोष्ट कुमार नेपालले प्रधानमंत्रीको कदम देश, जनता र सिङगो पार्टीका लागि दुखद भएको बताए ।सुनसरी सचिवालय सदस्य शम्भु आचार्यले प्रधानमंत्रीको कदम घोर आपत्तिजनक भएको भन्दै उक्त कदमको सबै जनताले बिरोध गर्नुपर्ने समय आएको धारणा राखे ।यसैगरी अर्का सचिवालय सदस्य पर्शुराम यादवले दुई तिहाईको सरकार ढालेर संसद विघठन गरिनु संविधान विपरित भएको बताए । उनले अब जनता आन्दोलनमा उत्रनु बाहेकको विकल्प नरहेको बताए ।
जिल्ला पार्टी कार्यालय सचिव गोविन्द निरौलाले संविधानले परिकल्पना नगरेको र पार्टीले निर्णय नगरेको विषयमा प्रधानमंत्रीले स्वेक्षाचारी तवरले संसद् विघठन गर्नुै निरंकुशतावादी कदम भएको भन्दै उक्त कदम बिरुद्ध सबै डटेर लाग्नु पर्ने बताए ।नेकपा नगर इन्चार्ज गोपी ढकालले संविधानले व्यवस्था नगरेको विषयमा जनादेश लिन जान्छु भनेर प्रधानमंत्रीले संसद विघटन गर्नु दुखद भएको बताए ।
उनले मंत्री परिषद बैठकबाट निर्णय भई सिफारिस भए बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु जनादेश विपरित कार्य भएको बताए । ढकालले कुनैपनि कदममा उक्त निर्णय मान्य नहुने बताए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved