• पुस ५, २०७७
  • जुनकिरी खबर

पर्शुराम भट्टराई मृत्यु प्रकरणः इटहरी स्थित सेनाको ब्यारेकमा धर्ना

alt

गत जेठ ५ गते गम्भीर घाइते भई जेठकै १२ गते बि.एम.सि अस्पतालमा मृत्यु भएका नेपाली सेनाका हवल्दार मेजर पर्शुराम भट्टराईको विषयमा निष्पक्ष छानबिन गर्न परिवारले बारम्बाट प्रशासनिक निकाय समक्ष हास गुहार गर्दै आएका छन् । ५ गते राति अचेत अवस्थामा धनकुटामा रहेको आर्मी व्यारेकमा फेला परेका हवलदार मेजर पशुराम भट्टराईको हत्या भएको परिवारले आरोप लगाएका छन् ।

सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका पशुरामको मृत्यु बारे परिवारले आसंका व्यक्त गरेका हुन् । ५ गते अचेत अवस्थामा फेला परेको र ६ गते विराट नगर शल्यक्रिया गर्न लाग्दा मात्र आफूहरुलाई जानकारी गरएको भन्दै परिवारले आपत्ति जनाएका छन् । यतिखेर भट्टराइका परिवार न्याय खोज्र्दै पुर्वी पृतना मुख्यालय इटहरीमा धर्ना दिइरहेका छन् । आफुहरुले कतैबाट पनि न्याय नपाएपछि यहाँ सम्म आएको मृतक पर्शुरामका बाबु दिलबहादुर भटट्टराईले दुख ब्यक्त गरेका छन् ।

३८ वर्षका पर्शुराम, नेपाली सेनाको धनकुटामा रहेको २ नम्बर वाहिनीमा ५ गते राति अचेत भइँ लडेको अवस्थामा फेला परेको वाहिनीले जनाएको छ । तर, त्यो कुरा झुटो भएको भन्दै मृतकका परिवारले दुई पृष्ठ लामो निवदन प्रधानसेनापतिलाई पेस गरेका थिए । तर त्यो आफ्नो माग कुनैपनि निकायले नहेरीदिएरको मृतका भान्जाले बताएका छन् ।

अस्वाभाविक चोटपटक हुनु, धनकुटाबाट विराटनगर पु¥याउन्जेल परिवारका कसैलाई जानकारी नदिइनु र अनुसन्धानसमेत नगरिनु शंकास्पद रहेको मृतकका आफन्तको आरोप छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]