• पुस ६, २०७७
  • जुनकिरी खबर

पाथीभरा सपिङ र कलश पोलिक्लिनिकको संयुक्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

alt

सुनसरीको ग्रामिण क्षेत्रमा रहेको बराहक्षेत्र नगरपालिका कालाबञ्जरका वासिन्दाहरुलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले पाथिभरा सपिगं सेन्टरको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

इटहरीमा रहेको कलश पोलिक्लिनिक प्रालिको सहयोगमा विशेषज्ञ चिकित्सकीय सेवा सहित आयोजित निःशुल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको हो । शिविरमा आउने सेवाग्राहीहरुलाई इसिजी ,प्रेसर ,सुगर , युरिकएसिड , ब्लड गु्रप परिक्षण सहित डेण्टल र फिजिसियन सेवा प्रदान गरिएको आयोजक पाथिभरा सपिगं सेन्टरका सञ्चालक नविन पाण्डेले जानकारी दिए ।

उनले व्यवसाय मात्र नभएर सामाजिक सेवा समेत गर्नु पर्छ भन्ने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको वताउदै आगामी दिनमा पनि सामाजिक कार्य गर्दै जाने वताए ।

गाउँगाउँमा सेवा नपुगेकाहरुलाई सेवा दिने उद्धेश्यले ग्रामिण क्षे त्रमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको कलश पोलिक्निक प्रालिका सञ्चालक देवेन्द्र बस्नेतले वताए । उनले सहर सम्म उपचार सेवा लिन आउन नसक्ने सेवाग्राहीहरुलाई लक्षित गरी गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालनलाई प्राथमिकतामा राखेर अघि वढ्ने जानकारी दिए ।

निःशुल्क स्वास्थ्य शिविरमा एक सय पचार जनाले सेवा दिएको आयोजक संस्थाले जनाएको छ । निशुल्क स्वास्थ्य शिविरमा स्थानीय रुपमा डेण्टल सेवा दिदै आएको धरान डेण्टेलले पनि निःशुल्क सेवा दिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]