• पुस ६, २०७७
  • जुनकिरी खबर

गुणस्तरहीन प्रिमा ग्यासका ७ सय सिलिण्डर नष्ट

alt

उपभोक्ताहरुको भान्सामा प्रयोग गरिने अतिनै प्रज्वलनशिल एल पि ग्यासका आफना उपभोक्ताहरुलाई सुरक्षित वनाउने उद्धेश्यले प्रिमा ग्यास उद्योगले विभिन्न कारणले गुणस्तरहीन बन्न पुगेका करिब ७सय सिलिण्डर नष्ट गरेको छ । एभरेष्ट ग्यास समुह अन्र्तगत सुनसरीको इटहरीमा सञ्चालनमा रहेको प्रिमा ग्यास उद्योगले प्रयोग गर्न जोखिमपुर्ण अवस्थामा पुगेका ६सय ९० थान एलपि ग्यास सिलिण्डर नष्ट गरेको हो ।

प्रिमा उद्योगका सञ्चालक सुदिप घिमीरेले म्याद गुज्रिएका , प्वाल परेका , हाइडे टेष्टमा फेल भएका सिलिण्डरहरु नष्ट गर्ने एभरेष्ट ग्यास समुहको अन्र्तगतका उद्योगहरुको निती अनुसार नष्ट गरिएको जानकारी दिए ।

उनले आफनो कम्पनीका ग्यास उद्योगका ३ लाख उपभोक्ता रहेको वताउदै उपभोक्ताहरुको सुरक्षालाई मध्यनजर गर्दै गुणस्तरहिन ग्यास सिलिण्डर नष्ट गरिएको वताए । घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय , जनप्रतिनिधि , प्रहरी प्रशासन लगायतका प्रतिनिधिहरुको रोहोवरमा प्रिमा ग्यास उद्योगले गुणस्तरहिन एलपि ग्यास सिलिण्डर नष्ट गरेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]