• पुस ८, २०७७
  • जुनकिरी खबर

इटहरीमा बिगबार रेस्टुरेण्टकाे उदघाटन

alt

इटहरीको बिराटनरलाइनमा करीब ३ करोड लागत सहितको बिग बार एण्ड ग्रिल रेस्टुरेन्ट सञ्चालनमा आएको छ । बुधबार औपचारीक कार्यक्रम बिच उदघाटन भएसंगै सो रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।

इटहरीका जोशिला युवा तथा नेपालका पूर्व राष्ट्रीय फुटवल खेलाडी सुरेन्द्र तामाङ , साथै होटल ब्यवसायमा लामो समय अनुभव बटुलेका किरणकुमार बुढाथोकीको संयुक्त लगानीमा सो रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।

मुख्य राजमार्ग संगै रहेको उक्त रेस्टुरेन्टमा नेपाली सहित बिदेशी ब्राण्डका पेय पदार्थहरू राखिएका छन । पारिवारीक बाताबरण सहित समुह समुह बनाएर बस्न सकिने देखि  भित्तामा आंकित मनमोहक दृस्यहरू अवलोकन गर्दै बिभिन्न परिकारहरूको स्वाद लिन सकिने जस्ता बिशेस्ता सहित रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक मध्ये सुरेन्द्र तामाङले बताए ।

रेस्टुरेन्टको समुदघाटन गर्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले पछिल्लो समय पर्यटन वर्षलाइ लक्षित गर्दै इटहरीमा सुविधा सम्पन्न होटलहरू खुलिरहेको र यसले आन्तरीक पर्यटकहरू पनि तान्ने प्रयासहरू भइरहेको बताए ।

त्यस्तै   समुदघाटनमै उपस्थित होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले जोखिमको बेला करोडौ लगानी गरी खोलीएका होटलहरूलाइ सरकारले पनि केहि अनुदान तथा अनुशरण गर्नुपर्नेमा जोड दिएका थीए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]