• पुस ९, २०७७
  • जुनकिरी खबर

ओली समूहको प्रदेश १ इञ्चार्जमा सुवास नेम्वाङ

alt

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी ओली समूहको प्रदेश १ इञ्चार्जमा सुवास नेम्वाङ तोकिएका छन् ।

विहीबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष नेम्वाङलाई प्रदेश १ को इञ्चार्ज तोकेको हो । संविधानसभाको दुवै कार्यकाल अध्यक्ष बनेर नेपालको वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेम्वाङ अहिले सोहि संविधानको व्यवस्था विपरित प्रधानमन्त्री केपीले संसद् भंग गर्दा समेत यसबारेमा स्पष्ट बोलेका छैनन् । बरु उनैको अध्यक्षतामा बनेको संविधान विपरित संसद् भंग गर्ने ओलीलाई नै साथ दिएर प्रदेश इञ्चार्ज बनेका छन् ।

पटक पटक गरेर लामो समय सभामुख बनेका र संविधान निर्माणको नेतृत्व नै गरेका नेम्वाङ आफैं असंवैधानिक कदमलाई साथ दिएर हिड्न थालेपछि उनी माथि प्रश्न उठ्न थालेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]