• पुस ९, २०७७
  • जुनकिरी खबर

इटहरीमा १५ दिने फुड टेस्ट फेस्टिभल हुने 

alt

इटहरीस्थित आरटिआरके होटेल स्कुलले चुलो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । २०६८ सालदेखि होटेल म्यानेजमेन्ट सम्बन्धी तालिम र कक्षाहरू सञ्चालन गर्दै आएको आरटिआरके आफ्नै भवनमा चुलो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । रेस्टुरेन्ट सञ्चालनको अवसरमा १५ दिनसम्मको फुड टेस्ट फेस्टिभल समेत आयोजना गरेको छ । 
 
आरटिआरके होटेल स्कुलले पत्रकार सम्मेलनको आयोजना गरी चुलो रेस्टुरेन्ट सञ्चालनमा आएको अवसरमा १५ दिनको फुड फेस्टिभल समेत आयोजना गरेको जानकारी दिइएको छ । नेपाली मौलिक खानाहरूको प्रवर्द्धन गर्ने र पर्यटनमा टेवा पुराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा आएको जानकारी दिइएको छ । रेस्टुरेन्टमा १०१ दिनसम्म नेपाल भ्रमण गरी खानाकै विषयमा खोज, अनुसन्धान गरेका सेफ प्रमेलाल घिसिङले फुड फेस्टिभल र रेस्टुरेन्टमा खाना तयार पर्ने छन् ।
 
नेपाली मौलिक खानाहरूलाई मेनुमै राखेर प्रवर्द्धन गर्न लागिएको यो पूर्वी नेपालमै पहिलो रेस्टुरेन्ट भएको रेस्टुरेन्ट तथा आरटिआरके होटेल स्कुलका व्यवस्थापक प्रमुख प्रेम तुम्बापोले जानकारी दिनुभयो ।
 
रेस्टुरेन्ट सञ्चालन गरेको अवसरमा शुक्र बाह्रदेखि आयोजना गरिएको फुड टेस्ट फेस्टिभल अवधिभरि १५ प्रतिशत छुट समेत दिइएको जनाइएको छ । आरटिआरके होटेल स्कुलले यसै वर्षदेखि होटेल व्यवस्थापनका १८ महिने डिप्लोमा कोर्सहरू सञ्चालनको तयारी गरेको छ । स्कुलले शिक्षा, सीपका साथै संस्कारसमेत बिद्यार्थीहरुलाई सिकाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
Chulo
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]