• पुस २०, २०७७
  • जुनकिरी खबर

इटहरीमा राजावादीकाे वृहत्त र्याली हुने

alt

राजसंस्था र हिन्दु राज्यको माग राख्र्दै सुनसरीको इटहरीमा आगामी बुधबार वृहत्त कार तथा मोटरसाईकल र्यालीको आयोजना हुने भएको छ ।

पुर्वाञ्चलबासी नेपाली जनताको नाममा आयोजना गर्न लागेको कार र्याली भव्य हुने आयोजकले जानकारी दिएको हो ।

इटहरी देखि विराटनगर सम्म आयोजना गरिने कार तथा मोटरसाईकल र्यालीका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट रामु पोखरेलले राजसंस्था र सनातन धर्म सहितको हिन्दु अधिराज्यका लागि राजनैतिक दल भन्दा माथि उठेर सहभागी हुन सबैलाई आग्रह गरे । मुलुक संकटमा रहेको अवस्थामा दल भन्दा माथि उठेर राजसंस्था सहित हिन्दु राज्य कायम गर्दै संघियताको खारेजीका लागि दवाव दिन र्यालीको आयोजना गरिन लागेको पोखरेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको जवाफ दिदै आयोजकका तर्फबाट संघियता नेपालका लागि उपयुक्त नभएको संसद विघटनले समेत पुष्टि गरी सकेको वताउदै । विदेशीहरुको इसारामा केही नेताहरुका बलमा जबरजस्ती राजसंस्था , सनातन हिन्दु राज्य खारेज गरेर गणतन्त्र स्थापना गरिएपनि गणतन्त्र छोटो समयमै असफल भई सकेको दावी गरे । र्याली ऐतिहासिक हुने आयोजक सुरज कडेलले दावी गरे ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]