नेपालको स्थापनाका अभियान्ता राष्ट् निर्माता श्री ५ वडामहाराज पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्तीको अवसर पारेर सुनसरीको इटहरी पृथ्वी जयन्ती तथा नेपाल एकीकरण दिवस भव्य रुपमा मनाइने भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्यि एकीकरण दिवस मुल समारोह समितिले पत्रकार सम्मेलन गरि भव्य रुपमा पृथ्वी जयन्ती मनाउने जनाएको हो ।
विगत केही वर्ष देखि इटहरीमा राष्ट्निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य रुपमा मनाउदै आएकोमा यस वर्ष पनि भव्य रुपमा मनाउन लागेको पत्रकार सम्मेलनमा मुल समारोह समितिका सचिव भोलाकाजी बस्नेतले जानकारी दिए । उनले पृथ्वीनारायणको स्वरुपमा मानिसलाई सजायर घोडामा सवार गराउदै मुख्य चौक क्षेत्रमा परिक्रममा गराई समारोहमा सहभागिता जनाउने वताउदै कार्यक्रममा नेपाली सेनाका पुर्व जनरल तथा इतिहास विद डा.प्रेससिंह बस्न्यात प्रमुख वक्ता रहने समेत वताए ।
सो अवसरमा पृथ्वीनारायण शाह र नेपाल एकीकरणका विषयमा बक्ताहरुले वोल्ने कार्यक्रम समेत रहेको जनाइयो । पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक कृष्णबहादुर न्यौपाने , कमलेश पौडेल ,डा.बद्री विशाल पोखरेल, सन्त डुम्जन लगायतको सहगागिता रहेको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved