• माघ १, २०७७
  • जुनकिरी खबर

इटहरीमा सार्वजनिक शौचालयको चरम अभाव

alt

इटहरी उपमहानगरको व्यस्त चोकमा पुगेपछि अचानक दिसापिसाब आएमा सार्वजनिक शौचालय कहाँ छ भनेर सोधीखोजी नगरे हुन्छ । प्रदेश १ कै व्यस्त बन्दै गएको व्यापारिक सहर इटहरी उपमहानगरले मुख्य चोकमा सार्वजनिक शौचालय नबनाएपछि सोधीखोजी गर्नु व्यर्थ छ । 

आधुनिक सहरी जीवनमा शौचालय प्रतिष्ठाको विषय बने पनि तिनै सहरका सर्वसाधारण र जनप्रतिनिधिहरू कुनै बेला बटुवा बनेर पैदल यात्रा गरी चोकमा पुगे आफै समस्यामा पर्ने गरेका छन् । उनीहरूको समस्या नजिकैको होटल रेष्टुराँको निजी शौचालयमा पुगेपछि मात्र समाधान हुने गरेको छ ।

होटल व्यवसायी सङ्घ इटहरीका महासचिव उमेश दाहालले भने, ‘उपमहानगरपालिकाले सार्वजनिक शौचालय नबनाइदिएकाले दिसापिसाब गर्न नजिकैको होटल वा चिया पसल छिर्नुपर्ने बाध्यता छ ।’ उनले निजी क्षेत्रका व्यवसायीहरूलाई बटुवाहरूले दुःख दिएको बताए । उनले भने, ‘दिसापिसाब गर्ने ठाउँ अभावले हैरानी त छँदैछ, बिहानीपख शौच गर्नकै लागि होटलहरूमा आएर फोहोर गरिदिन्छन् ।’

इटहरी चोकमा सार्वजनिक शौचालय नहुँदा अन्य सहर तथा गाउँदेखि किनमेलको लागि आउने सर्वसाधारण उपभोक्ताले सास्ती खेप्नुपरेको दाहालले बताए । लामो समयदेखिको शौैचालय अभाव अन्त्य गर्न तत्काल निर्माण गर्नुपर्ने उनको माग छ । यातायात व्यवसायी गौरी लामाले सार्वजनिक शौचालय नहुँदा बटुवाहरूले दैनिक सास्ती खेप्नु परेको बताए । इटहरीको पुरानो होटल हीरा होटलका सञ्चालक प्रकाश महतोले इटहरीमा शौचालयको चरम अभाव हुँदा आफूहरूलाई समस्या परिरहेको बताए । @ Blast

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]