• माघ १, २०७७
  • जुनकिरी खबर

हामी सबैको पर्वः माघे सङ्क्रान्ति

alt

नेपालमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । चाडपर्वहरूले स्फूर्ति प्रदान गर्ने गर्दछ भने सबै परिवारजन तथा आफन्तजनहरू एकै ठाउँमा बसेर एकापसमा भलाकुसारी गर्दै चाडपर्व मनाउनु तथा रमाइलो गर्नुको अलग्गै मजा हुन्छ । हरेक चाडपर्वको आ–आफ्नो विशेषता छन् । आज माघे सङ्क्रान्ति । यस दिन विभिन्न फलफूलका साथै तरुल, घ्यू, चाकु, तिलको लड्डु, सखरखण्ड तथा अन्य परिकारहरू बनाएर खाने प्रचलन छ । यी खाद्यान्नहरूले शरीरमा बल, पौष्टिकता तथा ताप पनि प्रचुर मात्रामा प्रदान गर्दछ, जसले गर्दा चिसोसँग लड्ने क्षमताको अभिवृद्धि गर्न सकिन्छ । यसरी हामी यिनै शुद्ध खाद्यान्नहरूको उचित मात्रामा सेवन गरेर आफ्नो स्वास्थ्यको रक्षा गर्न सक्षम हुनेछौं भनेर नै यसै बेलामा यो माघे सङ्क्रान्ति पर्व प्रचलित भएको होला ।

ज्योतिष शास्त्रका अनुसाार आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दैछ  । त्यसैले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजको दिनमा पवित्र नदी, तलाउ, त्रिवेणी, सागरमा स्नान गरिने भएकोले यसलाई मकर स्नान पनि भनिन्छ । भविष्य पुराण, विष्णु वचन तथा धर्म सिन्धु नामक ग्रन्थमा उल्लेख भएअनुसार आजको दिन नुहाई धुवाई शुद्ध मनले घ्यू, चाकु, वस्त्र, तिलको लड्डु, तरुल, सागपात, पानीको भाँडो र मकलसहित सिधा दान गरेमा पुण्य प्राप्त हुने तथा उपर्युक्त पदार्थहरू सेवन गरेमा आफ्नो शरीरलाई पोषिलो हुने र निरोगी भइनेछ । यसैगरी आजैबाट सूर्यको उदय विन्दु दक्षिणबाट उत्तरतर्फ सर्ने भएकोले  सूर्य उत्तरायण हुने गर्दछ । 

आजको दिन आफू, आफ्नो घरपरिवार तथा बोलाइएका चेलीबेटीहरूसहित मीठा–मीठा परिकार खाने, खुवाइने गरिन्छ । यी परिकारका अलावा घ्यू, चाकु, वन तरुल, घर तरुल, तिलको लड्डु, खिचडी आदि विशेषरूपमा खाने गरिन्छ । यी परिकारहरू स्वादिष्ट त हुन्छन् नै । यिनले शरीरमा पोषण बढाउँछ भने शरीरलाई स्फूर्ति दिई शक्ति प्रदान गर्दछन् । आजको दिन मासमा पड्काएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीर स्वस्थ रहन्छ भन्ने विश्वास रहेको छ ।

आज विभिन्न स्थानमा मेलासमेत लाग्ने गर्दछ । नेपालको देवघाट, वराहक्षेत्र, रिडी, पनौती, दोलाल घाट, माईबेनी, कन्काई आदि स्थानमा मेला लाग्छ भने भारतको प्रयाग तथा गङ्गा सागरमा पनि मकर स्नान गरी पूजाआजा गरेर दान, धर्म गर्नेहरूको भीड लाग्ने गर्दछ । महाभारतका अनुसार यसै दिन भीष्मले आफ्नो मृत्यु रोजेका थिए भने भगिरथले यसै दिन गङ्गालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले गङ्गा सागरमा गरिने स्नानलार्ई महास्नान भनिन्छ । आजको दिन भक्तपुरको तौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]