• माघ ६, २०७७
  • जुनकिरी खबर

प्रहरी निरीक्षक पपु बने पौष महिनाको सर्वोत्कृष्ट प्रहरी

alt

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको हो ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको कारणले सवोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गत असोज १० गतेदेखि नायक मोरङ प्रहरी आएसँगै उनले अवैध मानिएको मिटरब्याजी धन्दामा लागेको गिरोह देखि अनलाइन ठगी र चोरीको सफल अनुसन्धान गर्दै आएका छन् ।

मिटरब्याजमा लगानी गरि सर्वसाधरणलाई ‘टाट’ पल्टाउने गिरोलाई पक्राउ गरि उनले अनुसन्धान गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]