• माघ ७, २०७७
  • जुनकिरी खबर

सडक विस्तार आयोजना अन्तरगत इटहरी चोकमा फेरि विवाद उत्पन्न

alt

रानी–विराटनगर–इटहरी–धरान व्यापारिक सडक विस्तार आयोजना अन्तरगत इटहरी चोकमा फेरि विवाद उत्पन्न भएको छ । ६ लेन सडक आयोजना विस्तार कार्य अन्तरगत इटहरीमा मिचिएको संरचना भत्काउने विषय पुःन विवादमा पुगेको हो ।

इटहरीको मुख्य चोक आसपासमा सडक संरचना हटाउने विषयमा सर्वोच्च अदालतको निर्णय घाडो हुन पुगेको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै मुआब्जा प्रक्रिया र सडक विस्तार सँगै लान सकिने तर मुआब्जा नदिई सडक बनाउन नपाईने आदेश जारी गरेको छ । यो आदेशको कारण तत्काल संरचनाहरु नहट्ने पक्का पक्की भएको छ ।

६ लेन सडक विस्तार आयोजनाको प्रमुख बद्री शर्माले मुआब्जाको विषय आएको कारण के गर्ने भन्ने विषयमा आफुहरु छलफलमा रहेको बताए । तत्काल संरचना हटाउन सक्ने अवस्था नभएको भन्दै घरधनीहरुले हटाउनुहोस भने मात्र हट्न सक्ने भयो उनले भने ।

६ लेन सडक विस्तार आयोजनाले सडकको राईट अफ वे खाली गर्न जारी गरेको एक बर्ष अगाडि देखि पटक पटक सुचना जारी गर्दै आएको छ । तर ६ लेन सडक अयोजनाले निकाले पनि इटहरी चोक विराटनगर लाईनका घरधनीहरुले अन्तरिम आदेश जारी गराए पछि संरचना हटाउने कार्य फेरि रोकिन पुगेको छ ।

६ लेन सडक विस्तार आयोजनाको प्रमुख बद्री शर्माले मुआब्जाको विषय आएको कारण के गर्ने भन्ने विषयमा आफुहरु छलफलमा रहेको बताए । तत्काल संरचना हटाउन सक्ने अवस्था नभएको भन्दै घरधनीहरुले हटाउनुहोस भने मात्र हट्न सक्ने भयो उनले भने ।

इटहरीका मेयर द्धारिकलाल चौधरीले अदालतको अन्तरिम आदेशको कारण संरचना हटाउने विषयमा केहि समस्या आएको बताए । हामीले सात दिने सुचनानै निकालेर संरचना हटाउन अनुरोध गरेका थियौ तर अदालतको आदेश आए पछि थप छलफलमा छौ उनी भन्छन् । घरधनीहरुलाई बोलाएर छलफल गछौ मेयर चौधरी भन्छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]