• माघ १२, २०७७
  • जुनकिरी खबर

विराटनगर आइपुग्यो कोरोनाविरुद्धको खोप

alt

कोरोन भाइरस (कोभिड १९) विरुद्धको खोप ‘कोभिसिल्ड खोप’ विराटनगरमा आइपुगेको छ। संघीय सरकारले प्रदेश १ का १४ जिल्ला तथा प्रदेश २ का सिरहा र सप्तरीका लागि पठाएको नौ हजार ६०० भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो।

सरकारले तोकेर पठाएको १६ जिल्लाका लागि मंगलबार साँझसम्म खोप पठाइसक्ने केन्द्रका कोल्डचेन निरीक्षक डा. चन्द्रकान्त ठाकुरले जानकारी दिए। प्रदेश १ का १४ जिल्ला तथा प्रदेश २ का सिराहा र सप्तरीसम्म कोल्ड बक्समा आइसप्याक कन्डिसिन सुरक्षा अपनाएर निजी तथा कार्यालयका गाडीमा खोप पुर्याइने ठाकुरले बताए।

डा. ठाकुरका अनुसार एक भायलमा १० डोज खोप हुन्छ। त्यसका लागि आवश्यक पर्ने एडिनालिन इन्जेक्सन र सिरिन्ज समेत केन्द्रसम्म आएको छ। मोरङका नागरिकका लागि विरानगरस्थित कोशी अस्प्ताल, विराट मेडिकल एण्ड टिचिङ अस्पताल र नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालमा खोप लगाइने डा. ठाकुरले जानकारी दिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]