• माघ १४, २०७७
  • जुनकिरी खबर

इटहरीमा पनि कोरोना विरुद्धको खोप अभियान सुरु

alt

सुनसरीका चारसहित देशभर एक सय २० केन्द्रबाट खोप अभियान सुरु भएको छ। सरकारले प्राथामिकता निर्धारण गरेर खोप अभियान सुरु गरेको छ । पहिलो प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा काम गर्ने सहयोगी कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका, सफाइ कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक, कोभिडबाट मृत्यु भएका शव व्यवस्थापनमा खटिने व्यक्ति र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीलाई राखेको छ ।

सरकारको यही प्राथामिकतालाई ध्यानमा राखेर सुनसरीको इटहरीमा पनि आजै खोप अभियान प्रारम्भ भएको छ ।

इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख रामकुमार धमलाले सुनसरीमा पाँच हजारभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइने जानकारी दिए । विशेषगरी सुनसरीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई इटहरी अस्पताल, इनरुवा अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयपुर अस्पताल धरानबाट खोप दिइने उनको भनाइ छ ।

‘हामीले आज एकैपटक सुनसरीको चार ठाउँबाट कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरेका छौँ । नेपालमा १० लाख डोज खोप उपलब्ध भएकोमा पहिलो चरणमा पाँच लाख डोज खोप दिँदै छौँ । त्यसमध्ये सुनसरीमा मात्र पाँच हजार जनालाई कोरोना विरुद्धको खोप नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले उपलब्ध गराएको छ ।

इटहरीमा हामी तीन सयभन्दा धेरैलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा खोप दिने छौँ’ उनले भने ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]