• साउन ६, २०७६
  • जुनकिरी खबर

धनकुटामा मेडिकल कलेज खोल्ने प्रदेश सरकारको तयारी

alt

धनकुटामा मेडिकल कलेज खुल्ने भएको छ । कलेज सञ्चालनका लागि प्रदेश एक सरकारबाट साढे १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पहिलो चरणमा साढे ४ करोड विनियोजन गरिएपनि पुनः अन्य बजेट थप गरिएको प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वोले जानकारी दिए । हावापानी र भौगोलिक रुपमा केन्द्रीय भागमा रहेकोले धनकुटामा मेडिकल कलेज स्थापना उपयुक्त रहेको मन्त्री आङ्वोको दाबी छ ।

बजेट विनियोजन भइसकेकोले अब जग्गा र भौतिक पूर्वाधारको व्यवस्थापन गरिने उनले बताए । बेलहारामा कालोपत्रे सडक शिलान्यासका क्रममा धनकुटा पुगेका मन्त्री आङ्वोले मेडिकल कलेजबारे जानकारी दिएका हुन् ।

 

कलेजका लागि विभिन्न स्थानमा जग्गा व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ । धनकुटा ७ चुलिबनस्थित नेपाल ट्रष्टको जग्गामा कलेजको भवन बनाउन उपयुक्त हुनसक्ने भन्दै अध्ययन भइरहेको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]