• माघ १९, २०७७
  • जुनकिरी खबर

घरमा डोजर लगाइदिएपछि चौधरी परिवारको बिचल्ली

alt

सुनसरीको गढी गाउँपालिका २ स्थित औरावनीमा एक परिवार घर जानकारी बिना भत्काइदिएपछि बिचल्लीमा परेका छन् । औरावनीका देवनारायण चौधरीको जग्गा धनी आस नारायण चौधरीले जानकारी नदिई घर र अगाडीको आँगन खनेर भत्काइदिएपछि अहिले यो परिवार बिचल्लीमा परेको हो ।
 
औरावनीमा पीडित चौधरी परिवारले पत्रकार सम्मेलन गरी घर र आँगन क्षति गरेको क्षतिपूर्ति र स्थान तरणको माग गरेका छन् । २ सय वर्षदेखि भोग चलान गदै आएको जमिनमा आस नारायण चौधरीका छोरीले डोजर लगाएर भत्काएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
 
पूर्व सूचना नदिई एक्कासि घरमा कोही नभएको समयमा वितण्डा मच्चाएको प्रति पीडित देवनारायण चौधरीले पत्रकार सम्मेलनमा गुनासो गर्नुभएको थियो । 
 
जमिन खाली गर्ने विषयमा दुवै बिच विवाद भइरहेको अवस्थामा यो घटना भएको बताइएको छ । साथै घर भत्काउने क्रममा घरमा रहेको ५ तोला सुन र ६० हजार नगद समेत गायब भएको चौधरीको दाबी छ । एक कण्ठा जमिनमा रहेको घरमा अहिले खाल्डो बनाइदिएपछि छिमेकीको घरमा रात बिताउनु भएको पीडित परिवारले बताएका छन् । घटनाको विषयमा गढी गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिने समेत चौधरी परिवारले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
 
गत माघ १५ गते अतीत चौधरीको समूहमा आएका १५–२० युवाहरूले घर तोडफोड गर्नुको साथै डोजरले घर बिगार्दिएको बताइएको छ । चौधरीको ५ जना परिवार छन् । 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]