• माघ २५, २०७७
  • जुनकिरी खबर

इटहरीमा मिस हस्पिटालिटी २०२१ आयोजना हुने

alt

इटहरी जेसीजले मिस हस्पिटालिटी आयोजना गर्ने भएको छ ।

इटहरीमा सामाजिक काममा अग्रणी भूमिका खेल्दै आएको जेसीजले मिस हस्पिटालिटी २०२१ आयोजना गर्ने आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । इटहरी जेसीजको इतिहासमा पहिलो पटक प्रदेश १ का १६ देखि २३ वर्ष उमेर समूहका युवतिहरुलाई सहभागी गराउने लक्ष्यका साथ प्रतियोगित आयोजना गर्न लागिएको इटहरी जेसीजले जानकारी दिएको छ । युवाहरुमा लूकेर रहेको प्रतिभा, कला, नेतृत्व क्षमतालाई निर्खानु यो प्रतियोगिताको मुख्य उद्देश्य रहेको जेसीजको भनाइ छ । प्रतियोगिताको पहिलो अडिसन फागुन १ गते इटहरीको होट इन टुरिष्टमा बिहान ११ बजेदेखि ३ बजेसम्म सञ्चालन गर्ने अध्यक्ष जेसी प्रकाश राईले जानकारी दिए ।

यस्तै, दोश्रो अडिसन विराटचौक र धरानमा एक सातापछि सञ्चालन हुने उनको भनाइ छ । अडिसन फारम शुल्क दुई सय लाग्ने जेसीजले जानकारी दिएको छ । अडिसन राउण्डबाट २० जना छनौट हुने छन् । प्रतियोगितको फाइनल चैत्र ७ गते इटहरीमा हुने छ भने विजेता र उपविजेताले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसँगै क्राउन, ट्रफि, टुर, म्यूजिक भिडियो खेल्ने अवसर, म्यागजिन कभर र इन्स्युरेन्स पाउने जेसीजले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]