• माघ २६, २०७७
  • जुनकिरी खबर

इटहरी उपमहानगरद्धारा बजार अनुगमन

alt

इटहरीमा बितेको एक महिना यता खाने तेलको बजार मूल्यमा अस्वाभाविक वृद्धि भएपछि इटहरी उपमहानगरपालिकाले सोमबार बजार अनुगमन गरेको छ । कुनै वस्तुको मूल्य एक÷दुई रुपैयाँ बढ्नु सामान्य हो तर, इटहरीमा खाने तेलको मूल्य प्रति प्याकेट आठ देखि दश रुपैयाँसम्म वृद्धि भएपछि बजारमा तेलको मूल्य कसरी बढ्यो भन्ने थाहा पाउन उपमहानगरले बजार अनुगमन गरेको हो ।
 
बितेको एक महिनामा राजनैतिक अस्थिरताका कारण बजारमा चलखेल भएको थाहा पाएर अनुगमनमा निस्किएको उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । आकस्मिक रूपमा महानगरपालिकाले गरेको बजार अनुगमनमा ट्याङ्ग्रा खोला छेउमा सञ्चालनमा रहेको आशिष् ट्रेडमार्क तेलको मूल्य १० रुपैयाँले बढेको पाइएको हो । 
 
उपमहानगरले सोमबार इटहरीको मुख्य चौक आसपासका होलसेल तथा डिलरहरूमा समेत अनुगमन गरेको छ । अनुगमनको क्रममा प्राय सबै पसलहरूमा मूल्य वृद्धि भएको पाइएको उपमहानगरले जानकारी दिएको छ । 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]