• माघ २७, २०७७
  • जुनकिरी खबर

इटहरीमा दुर्घटना न्यूनीकरणको लागि होडिङ वोर्ड राखियो

alt

इटहरीमा रहेका विभिन्न संघसंस्थाहरुले जनचेतनामूलक होडीङ बोर्ड राखेका छन् । मोक्ष पुर्नजिवन केन्द्र इटहरी, हेल्पीङ हेण्डस क्लब, हेल्पीङ युथ र निलगिरी गोरखा होटेल, इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रयासमा इटहरीको तरहरादेखि पुव पृतना हेड क्वाटरसम्म ६ वटा होडिङ वोर्ड राखिएको हो ।
 
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले निर्माणाधीन ६ लेन सडक परियोजनाको काम र तीव्र गतिमा सवारीसाधन चलाउँदा इटहरीमा दुर्घटना बढेको जानकारी दिए । मोटरसाइकल र साना सवारीसाधन इटहरीमा बढी दुर्घटना हुने गरेको उनले जानकारी दिए ।
 
उनले इटहरीमा सडक फराकिलो हुँदै गर्दा दुर्घटना पनि बढ्दै गएको जानकारी दिए । इटहरीको तरहरा, पिपल चोक आसपासमा ६ लेन सडक परियोजनाको काम लगभग सकिएको छ । हलगडा चौक, पुवी पृतना हेडक्वार्टर अगाडि र विराटनगर लाइनमा ६ लेन सडक परियोजनाको काम भइरहेको छ । हेप्पीङ हेण्डस क्लब इटहरीका अध्यक्ष राजेश राईले इटहरीमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि होडीङ बोर्ड राखिएको जानकारी दिए । यसले सवारी चालकलाई सचेत गराउने र दुर्घटनामा कमी आउने उनको भनाइ छ ।
 
122 (2) लकडाउन भन्दा पहिलादेखि नै सुरु भएको यो परियोजनाको काम कछुवाको गतिमा हुँदा दुर्घटना सँगै धुलोले पनि इटहरीवासी आजित बनेका छन् । सडक दुर्घटना न्यूनीकरणको लागि यो काम चाँडो सक्नुपर्ने स्थानीय तथा सवारी चालक बताउँछन् ।
 
पछिल्लो समय इटहरीमा सवारी दुर्घटना हुने र मृत्यु हुनेको सङ्ख्या वृद्धि हुन थालेको छ । आइतबार इटहरीको हलगडामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको थियो । त्यस्तै इटहरीमा नै तीव्र गतिमा मोटरसाइकल कुदाउँदा बुबा छोराको मृत्यु भएको थियो । यस्तै दर्जन भन्दा बढी दुर्घटनामा परेर ५ जना भन्दा बढीको ज्यान गएको छ भने धेरै अंगंभंग भएका छन् ।
122 (1)
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]