• माघ २८, २०७७
  • जुनकिरी खबर

३ दिनदेखि वेपत्ता धरानका दुई बालक इटहरीमा भेटिए

alt

तीन दिनदेखि वेपत्ता भएका धरानका दुइ बालक इटहरीमा फेला परेका छन् । माघ २६ गते धरान–१५ दशरथपथ बस्ने १२ वर्षीय शंकल्प लिम्बू र धरान–८ बरगाछी बस्ने ११ वर्र्षीय सुन्दर तामाङ बेपत्ता भएका थिए । 

उनीहरु धरान ८ स्थित शहीद स्मृति माविमा कक्षा ५ अध्ययनरत छन् । पाचकक्षाको परीक्षा दिइसकेपछि सोमबार करिव ३ बजे देखि वेपत्ता भएका थिए । परीक्षा सकेलगतै सुन्दर तामाङ घरमा पुगेर स्कुलड्रेस पविर्तन गरी शंकल्पसंग इटहरी जाने बसमा चढेका थिए । इटहरीस्थित भ्वाइस अफ चिल्ड्रेन संस्थाका परिचालकले तामाङ र लिम्बुलाई धरानको स्कुलको ड्रेसमा मंगलबार बेलुका घुमिहिडेको देखेपछि सोधपुछ गरेर कार्यालयमा राखेका थिए । उनीहरु घरबाट किन भागेको हो खुलेको छैन । 

इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले वेपत्ता भनिएका बालकहरु फेला परेकाले उनीहरुका अभिभावकलाई सम्पर्क गरेर जिम्मा दिने तयारी भइरहेको बताए । यसअघि दुवै वालकका अभिभाकले आफ्ना छोरा वेपत्ता भएको खोजि गरिदिन प्रहरीमा निवेदन समेत दिएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]