घरायसी तनावका कारण सप्तकोशीमा आफ फालेर आत्महत्या गर्न लागेका एक पुरुषलाई सशस्त्र प्रहरीका सहायक हबल्दार डम्बर श्रेष्ठले सकुशल उद्दार गरेका छन् । श्रेष्ठले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ६० वर्षीय भुवन घिमिरेको सकुशल उद्दार गरेका हुन् ।
हप्तादिनदेखि घरायसी समस्याका कारण तनावमा रहेका घिमिरेले आत्महत्या गर्ने उद्देश्यले बुधवार दिउसो ३ः३५ बजे सप्तकोसी नदीमा हाम फालेको उद्धारपछि प्रहरीलाई बताएका छन् ।
सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलका अनुसार उद्धारपछि घिमिरेले पारिवारिक तनावका कारण आत्महत्याको प्रयास गरेको बताएका हुन् । उनका अनुसार घिमिरेले सप्तकोसीमा हाम फल्ने बित्तिकै गस्तीमा रहेका सहायक हबल्दार डम्बर श्रेष्ठल सप्तकोशीमा पौडेर उद्दार गरेका हुन् ।
तनावमा रहेका घिमिरेले बुधबार बिहानैदेखि बराहक्षेत्र मन्दिर नजिकै सप्तकोशीमा हाम फालेर आत्महत्या गर्न उपस्थित भएको प्रहरीसँग बताएका छन् । सुरुमा मन्दिर नजिकै मानिसहरुको भीडले केही समय पर्खेका उनले कोही पनि मानिस नभएको मौका छोपी सप्तकोशीमा हामफालेको प्रहरीसँग स्वीकार गरेका हुन्।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved