• फागुन ६, २०७७
  • जुनकिरी खबर

इटहरीका ४ वर्षीय बालक राजेश पायल राईको म्युजिक भिडियोमा

alt

इटहरी उपमहानगरपालिका ५ सत्संघ टोलका निवासी तथा इटहरीको वाइ पोइन्टीङ बोडिङ्ग स्कुलमा कक्षा एल.के.जी. मा अध्ययनरत ४ बर्षिय बाल कलाकार गिप्सन सिंह देउजा राजेश पायल राईको चङ्गा उडेसरी बोलको गीतको सफलता संगै दोश्रो म्युजिक भिडियोमा अभिनय गरेका छन।

बालकलाकार गिप्सन सिंह देउजाले “जिन्दगीमा दियो धेरै पिरतिले चोटहरु” बोलको गीतमा आफ्नो दोश्रो अभिनय प्रस्तुत गरेका छन। उक्त गीतमा आवाज तथा संगीत अनुमा चौधरीको रहेको छ भने, शब्द भुवन वास्तोलाको रहेको छ। जिन्दगीमा दियो धेरै पिरतिले चोटहरु यस गीतको म्युजिक भिडियोमा बालकलाकार गिप्सन सिंह देउजा सहित रोशन श्रेष्ठ, सम्झना राइ, पूजा राइको अभिनय रहेको छ।

इटहरीका ब्यबसायी राजु लिम्बुको बिशेष सहयोगमा तयार पारीएको उक्त गीतको एरेन्जर अमर राइ तथा निर्देशन बसन्त राइको रहेको उक्त म्युजिक भिडियो ब्यबस्थापना पक्षले जानकारी दिएको छ।

यस गीतको म्युजिक भिडियोमा अभिनय गरेका पुर्वकै बालकलाकार गिप्सन सिंह देउजा स्कुलमा समेत अनुशासित, मेहनती नाच्न समेत खुबै मनपराउने गरेको स्कुलका प्रेन्सिपल बाबुराम बस्नेतले जानकारी दिनु भएको छ। पढाईमा निकै राम्रो दखल राख्ने गिप्सनलाई हाल बिद्यालयले ३ महिने डान्स प्रशिक्षणको लागी समेत भरना गरिदिएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]