• फागुन ९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्‍वास प्रस्ताव सदनमा पेस

alt

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएको छ ।  आइतबार बसेको बैठकमा सभामुखले समय दिएपछि मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले टेबुल गरेका हुन् । तर बैठकमा मन्त्री, सत्तापक्षका सांसदहरु भने उपस्थित थिएनन् ।

मुख्यमन्त्री राईविरुद्ध नेकपा दाहाल-नेपाल समूहका ३७ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरेका थिए । जसमध्ये ४ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

मुख्यमन्त्री राईले दाहाल पक्षका १६ सांसदलाई ३ महिना निलम्बन गरेको भन्दै सरकार पक्षका सांसदले सदन सुरु हुनुभन्दा अगाडि उनीहरुलाई उपस्थित नगराउन सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेका थिए । अविश्वास प्रस्तावको प्रस्तावकमा आङ्बो र समर्थक लक्ष्मण तिवारी छन् ।

९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]