• साउन ७, २०७६
  • जुनकिरी खबर

गुल्मीमा पहिरो : ४ जनाको मृत्यु, ५ बेपत्ता

alt

गुल्मीको सत्यवती गाउँपालिका-४ लिम्घाको भिरकुनामा पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ।पहिरोले तीन घर पुरिँदा घरले च्यापिएर चार जनाको मृत्यु भएको हो।पहिरोमा पाँचजना बेपत्ता भएका छन्। 

सोही गाउँपालिकाको वडा नम्वर ३ स्थित ठुलोलुम्पेकमा पहिरो गइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी गराए।उनका अनुसार गाउँलाई चारैतिरबाट पहिरोले घेरेको छ।अहिले क्षतिको यकिन विवरण आउन सकेको छैन।भण्डारीका अनुसार सोही स्थानमा दुई जनाको शव भेटिएको खबर प्राप्त भएको छ। 

पहिरोको कारण घटनास्थलमा प्रहरी पुग्न सकेको छैन।चारैतिर गएको पहिरोका कारण उद्दारमा प्रहरी तथा नेपाली सेनालाईसमेत पुग्न कठिनाइ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रविन्द्र खड्काले जानकारी दिए। 
जिल्ला प्रहरी कार्यालयको टोलीसहित जुहाङ र रिडीबाट प्रहरी जान थालेको खड्काले बताए।घटनास्थलमा पानी परिरहेकाले उद्दारमा कठिनाइ भइरहेको छ।हेलिकप्टरबाट पीडितलाई उद्दार गर्न स्थानीयले सरकारसँग माग गरेका छन्। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]