• फागुन १२, २०७७
  • जुनकिरी खबर

इटहरीमा ९ केजी गाँजासहित पक्राउ

alt

इटहरी ११ सिमरवना चोक नजिकको एक घरबाट ९ केजी गाँजासहित एकजना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार स्थानीय मिथलेस बिक गाँजासहित पक्राउ परेका हुन् । घरमा अवैध रुपमा गाँजा बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घरको कोठामा प्लाष्टिकको बोराभित्र लुकाई राखेको ९ केजी गाँजा सँगै उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका बिकलाई लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]