• फागुन १७, २०७७
  • जुनकिरी खबर

इटहरीमा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्कको उद्घाटन

alt

इटहरी वाड नं. २ तालतलैयाबाट पश्चिममा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्कको संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालद्धारा सोमबार उद्घाटन गरिएको छ ।

कार्यक्रममा मन्त्री ढकालले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए । यसरी पर्यटन क्षेत्रको विकास तथा बिस्तारको लागि खोलिएको यो प्रदेश १ कै उत्कृष्ट पार्क रहेको बताउदै उनले व्यवसायिहरुको साथ र सहयोग गर्न आफू हरदम लागिपर्ने पनि बताए ।

त्यस्तै निजी क्षेत्रको विकास विना राज्यको विकास नहुने नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले वताएका छन् । उनले निजी क्षेत्रको लगानी बिना रोजगारीको अवसर सृजना नहुने रोजगारीको सृजना विना स्थीर राजनिति स्थापित हुन नसक्ने भन्दै राज्यले निजी क्षेत्रसंग सहकार्य गर्नु पर्नेमा जोड दिए ।

पार्कभित्र रेस्टुरेन्ट, बार्बे क्यु, लञ्च र डिनरको लागि फाइन डाइनिङ, फास्ट फुडको रेस्टुरेन्ट र इन्डियन फुडकोर्ट सहित आइसक्रिम पार्लर पनि रहने जानकारी दिइएको छ ।

पार्कमा बालबालिका, युवापुस्ता देखि पारिवारि जमघट सहित मनोरञ्जनको लागि यो पार्क उपयुक्त रहेको र नेपालमै पहिलो पटक हिउँसंग जोडिने खेलहरु समावेश भएको वाटर पार्क सञ्चालनमा ल्याएको पार्कका सञ्चालक मध्येका ज्ञानविक्रम शाहले जानकारी दिए ।

यस पार्कमा प्रदेश नं. १ सँगै भारतका विभिन्न स्थानका दैनिक एक हजार पर्यटकको अवलोकन गराउने लक्ष्य रहेको बताइएको छ । ५ हजार मानिस यस पार्क अट्ने क्षमता यस पार्कको छ । इटहरीलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले ३० करोड लगानीमा यस पार्क संचालनमा ल्याइएको यो र्पा ६ बिघा क्षेत्रफलमा फैलिएको अध्यक्ष पौडेलले जानकारी दिए । पार्कमा पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम बहादुर पौडेल र काठमान्डौ वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका संचालक जगतबहादुर बस्नेतको संयुक्त लगानी रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]