इटहरी वाड नं. २ तालतलैयाबाट पश्चिममा रहेको इपि ल्याण्ड एण्ड वाटर पार्कको संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालद्धारा सोमबार उद्घाटन गरिएको छ ।
कार्यक्रममा मन्त्री ढकालले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए । यसरी पर्यटन क्षेत्रको विकास तथा बिस्तारको लागि खोलिएको यो प्रदेश १ कै उत्कृष्ट पार्क रहेको बताउदै उनले व्यवसायिहरुको साथ र सहयोग गर्न आफू हरदम लागिपर्ने पनि बताए ।
त्यस्तै निजी क्षेत्रको विकास विना राज्यको विकास नहुने नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले वताएका छन् । उनले निजी क्षेत्रको लगानी बिना रोजगारीको अवसर सृजना नहुने रोजगारीको सृजना विना स्थीर राजनिति स्थापित हुन नसक्ने भन्दै राज्यले निजी क्षेत्रसंग सहकार्य गर्नु पर्नेमा जोड दिए ।
पार्कभित्र रेस्टुरेन्ट, बार्बे क्यु, लञ्च र डिनरको लागि फाइन डाइनिङ, फास्ट फुडको रेस्टुरेन्ट र इन्डियन फुडकोर्ट सहित आइसक्रिम पार्लर पनि रहने जानकारी दिइएको छ ।
पार्कमा बालबालिका, युवापुस्ता देखि पारिवारि जमघट सहित मनोरञ्जनको लागि यो पार्क उपयुक्त रहेको र नेपालमै पहिलो पटक हिउँसंग जोडिने खेलहरु समावेश भएको वाटर पार्क सञ्चालनमा ल्याएको पार्कका सञ्चालक मध्येका ज्ञानविक्रम शाहले जानकारी दिए ।
यस पार्कमा प्रदेश नं. १ सँगै भारतका विभिन्न स्थानका दैनिक एक हजार पर्यटकको अवलोकन गराउने लक्ष्य रहेको बताइएको छ । ५ हजार मानिस यस पार्क अट्ने क्षमता यस पार्कको छ । इटहरीलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले ३० करोड लगानीमा यस पार्क संचालनमा ल्याइएको यो र्पा ६ बिघा क्षेत्रफलमा फैलिएको अध्यक्ष पौडेलले जानकारी दिए । पार्कमा पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम बहादुर पौडेल र काठमान्डौ वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका संचालक जगतबहादुर बस्नेतको संयुक्त लगानी रहेको बताइएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved