• फागुन १९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ सभाको बैठक चैत २ गतेसम्म स्थगित

alt

प्रदेश १ सभाको बिहीबार बोलाइएको बैठक चैत २ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सभामुख प्रदिपकुमाार भण्डारीले बिहीबार दिउँसो १ बजे बोलाएको प्रदेशसभा बैठक विशेष कारणले चैत २ गते १२:३० बजेसम्मका लागि स्थगित गरेको बताए । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव फागुन ९ गते प्रदेशसभामा प्रवेश पाएको छ ।

उक्त प्रस्तावमाथि बिहीबारबाट छलफल सुरु हुने अवस्थामा सभामुख भण्डारीले बैठक मिति परिवर्तन गरेका हुन् । फागुन ९ गतेको बैठकमा सरकार पक्षको अनुपस्थितमा अविश्वासको प्रस्ताव बैठकमा पेस भएको थियो ।

सत्ता पक्षले बिहीबारको बैठकमा सरकारका मन्त्रीहरु उपस्थित नहुने र सांसदहरु सहभागी भएर नियमापत्ति जनाउने तयारी गरेकाले सभामुख भण्डारीले बैठक बस्नु एक दिन अगावै सूचना टाँस गरेर चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेको हो ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]