• फागुन २९, २०७७
  • जुनकिरी खबर

बराहक्षेत्रमा टेलिभिजन पत्रकारिता तालिम सम्पन्न (फोटो सहित)

alt

बराहक्षेत्र नगरपालिकाको सहयोग तथा हेल्पिङ यूथ सुनसरीको आयोजनामा ४ दिने आधारभूत टेलिभिजन पत्रकारिता तालिम सम्पन्न भएको छ । फागुन २२ देखि २५ गतेसम्म चकरघट्टीस्थित पारालिगल भवनमा सम्पन्न तालिमको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको प्रमुख आतिथ्यमा शनिवार प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गदै तालिमको समापन गरिएको हो ।
 
प्रमुख अतिथि मेयर खनाल, ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्की, प्रेस सङ्गठन नेपालको बराहक्षेत्र नगर संयोजक विमला घिमिरे, द प्राईड हस्पिटालिटीका प्रमुख नितेश पोखरेल तथा आयोजक संस्थाका अध्यक्ष विकल पौडेलले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । 
 
प्रमाण पत्र वितरण गदै मेयर खनालले बराहक्षेत्र नगरमा सम्पन्न भएको टेलिभिजन पत्रकारिता तालिमले यहाँको युवाहरूमा क्षमताबृद्धि हुनुको साथै पत्रकारितामा अझ निखारपन ल्याउने अपेक्षा गर्नुभयो । तालिमको सिकाई ले नगरको सकारात्मक र नकारात्मक दुवै पक्षलाई उजागर गरेर पत्रकारिताको धर्म निभाउन प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुभएको थियो ।  पत्रकारिताले समाजको प्रतिनिधित्व गर्ने भएकाले नगरमा अब व्यावसायिक पत्रकारिताको खाँचोलाई पूर्ति गर्ने खनालले बताउनुभयो । 
 
Tal (4) यस्तै ग्रामीण पत्रकार समूहका अध्यक्ष हिरण्य कार्कीले नगरमा टेलिभिजन सम्बन्धी पत्रकारिता तालिम आयोजनाले यहाँका नव आगन्तुकहरूलाई थप क्षमता वान बनाउने बताउनुभयो । 
 
प्रेस सङ्गठन नेपाल बराहक्षेत्र नगर संयोजक विमला घिमिरेले ४ दिने तालिमले सहभागीहरूलाई टेलिभिजन पत्रकारिताको विषयमा उचित ज्ञान दिन सफल भएको बताउनुभयो ।  समापन कार्यक्रममा तालिममा सहभागी मध्ये कल्पना कार्की र किसन बस्नेतले तालिम उत्कृष्ट भएको र थप तालिम आवश्यक रहेको प्रतिक्रिया दिनुभएको थियो । 
 
Tal (2) आयोजक संस्थाका अध्यक्ष विकल पौडेलले आगामी दिनहरूमा समेत नगरपालिकाको सहयोगमा थप तालिम आयोजना गर्ने प्रतिबद्धता व्यस्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि मेयर निलम खनाल लगायत अतिथिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । ४ दिने तालिममा एपिवान टेलिभिजनका प्रदेश १ ब्युरो प्रमुख मिलन बुढाथोकी, नेपाल टेलिभिजन इटहरीका उषा घिमिरे, दुर्गा खड्का, कान्तिपुर टिभीका अर्जुन सुवेदी, न्यूज २४ टिभीका मनोज भुजेल र ग्यालेक्सी फोरके टिभीका सन्तोष काफ्ले तालिमको सहजीकरण गर्नुभएको थियो । 
 
Tal (1)
Tal (5) 1
Tal (4) 1
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]