• चैत १, २०७७
  • जुनकिरी खबर

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

alt

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न भोलि सोमबार बोलाइएको बैठक अचानक स्थगित भएको जानकारी दिइएको हो ।

गत फागुन ९ गते संसदमा टेवल भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाइएको थियो । यसअघि पनि सभामुख सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै पहिलो पटक चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई बदर गरेपछि अहिले पनि अघिल्लो दिन बैठक स्थगित भएको जानकारी गराइएको छ ।

सर्वोच्चको आदेशपछि निर्वाचन आयोगले प्रदेशसभामा नेकपा एमाले र माओवादी केन्द्र अस्तीत्वमा रहेको सूचना यस अघि नै पठाएको थियो ।सर्वाेच्चको फैसलापछि नेकपाको तत्कालिन दाहाल–नेपाल समूहले प्रदेशमा दर्ता गराएको अविश्वासको प्रस्तावमाथिको छलफल के गर्ने भन्ने पनि अन्योल छ । अन्योलताकाबीच सोमबार दिउँसो १२ः३० बजेका लागि बोलाएको बैठक अचानक स्थगित गरिएको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले विषेश कारणले बैठक स्थगित भएको जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]