• चैत २, २०७७
  • जुनकिरी खबर

सुनसरीका चारजना पत्रकार नगदसहित सम्मानित

alt

नेपाल पत्रकार महासंघ सुनसरीले जिल्लाका चारजना पत्रकारलाई सम्मान गरेको छ ।

सोमबार इटहरीमा महासंघ सुनसरीले एक कार्यक्रमको आयोजना गरी जिल्लाका चारजना पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काका अनुसार सम्मानित हुनेमा अग्रज पत्रकार सुविद गुरागाई, गोपाल देवान, चेतन धमला र रश्मी प्रधान रहेका छन् ।

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्थापना गरेको स्व. गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कारबाट अग्रज पत्रकार सुविद गुरागाई र चेतन धमलालाई नगद पच्चीस हजार रुपैयाँसहित सम्मान गरिएको थियो । त्यस्तै, अग्रज पत्रकार सालिग्राम पान्डे र मेनुका पान्डेले माता लक्ष्मी र पिता चन्द्रबहादुर पान्डेको नाममा थापना गरेको चन्द्र-लक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार गोपाल देवानलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]