ईलाका प्रहरी कार्यालय इटहरीले चोरीमा संलग्न ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । दुई हप्ताको अवधिमा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव निरीक्षक केशव कुमार कटवालका अनुसार पक्राउ पर्ने सबैजना सुनसरीका रहेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका २ बस्ने २९ वर्षीय रामकुमार गिरी, दुहवी नगरपालिका ५ बस्ने २१ वर्षीय नजरुन मियाँ, दुहवी ७ बस्ने ३२ वर्षीय सुनिल चौधरी, दुहवी ४ बस्ने ४२ वर्षीय शिवनारायण चौधरी रामधुनी ५ बस्ने ३३ वर्षीय सुबोध कार्कीलाई इटहरीका विभिन्न स्थानबाट चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार एकजना भने नाबालक रहेकाले तत्काल नाम गोप्य राखिएको छ ।
पक्राउ परेका ६ जना माथि नै चोरी मुद्धामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved