उमेरका कारण पनि जेष्ठनागरिकहरुमा मनोपिडा उपन्न हुन सक्ने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा जेष्ठनागरिकहरुलाई लक्षित गरी मनोपिडा व्यवस्थापन सम्वन्धी सचेतना कार्यक्रम गरिएको छ ।
इटहरी उपमहानगरपालिकाको जेष्ठनागरिक चौतारीमा रोटरी क्लव अफ इटहरीले जेष्ठनागरिकहरुका लागि मनोपिडा व्यवस्थापन सम्वन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो ।
रोटरी क्लव अफ इटहरीकी अध्यक्ष विजु बैनी श्रेष्ठको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको सचेतना कार्यक्रममा मनोविश्लेषक बासु आचार्यले उमेरका कारण जेष्ठनागरिकहरुमा उत्पन्न हुन सक्ने मनोपिडा तथा मनोपिडाबाट कसरी वच्ने जस्ता विषयवस्तुमा केन्द्रीत भएर सहजिकरण गरेका थिए ।
जेष्ठ नागरिकहरुको उल्लेखिय सहभागिता रहेको सो कार्यक्रममा योगगुरु गंगा ढकाल , गायिका गंगा गौतम आचार्य , जेष्ठनागरिक समाज नेपाल इटहरीका अध्यक्ष खगेन्द्र प्रसाद निरौला , नेपाल आयुर्वेद व्यवसायी संघका सचिव जि पी तिवारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी जेष्ठनागरिकहरुले उत्सुक्ता पुर्वका सवाल जवाफ सहित सहभागिता जनाएका थिए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved