उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल सम्मानित भएका छन् ।
मंगलबार धरानमा आयोजित नेपाल दलित संघको २ दिने अन्तरक्रिया कार्यक्रममा पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् । व्यापार, व्यवसाय तथा पर्यटन क्षेत्रमा महत्पूर्ण योगदान पुराएको र उघोग वाणिज्य सङ्घको निर्वाचनमा प्रतिस्पर्धीलाई फराकिलो मतले पराजित गदै इटहरीमा लोकतान्त्रिक शक्तिको उदय गराएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा पौडेलसहित पाँचजनालाई समेत नेपाली कांग्रेसका सभापति देउवाले सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा पौडेलसहित धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार रहेका छन् ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाका मेयर नुपओड बिश्वकर्मा र बराह ग्रुप धरानलाई सम्मान गरिएको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved