• चैत १०, २०७७
  • जुनकिरी खबर

मोरङमा फेरि बढ्दै कोरोना संक्रमण

alt

मोरङमा पुनः कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि नयाँ भेरियन्टको आशंका गरिएको छ । महामारी नियन्त्रणपछि सामान्य अवस्थामा फर्किएको प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङमा पुनः नयाँ संक्रमित भेटिन थालेका हुन् । 

पुनः संक्रमण सुरु भएपछि भारतबाट भित्रिएको नयाँ भेरियन्टको कोरोना भाइरसको आशंका गरिएको छ । केही दिनयता भारतमा कोरोना संक्रमण दर उच्च छ । नयाँ भेटिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ पनि भारतसँगै जोडिएको पाइएको छ । 

पछिल्लो चार दिनभित्र मोरङमा १० जना कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये छ जना विराटनगरका हुन् । साथै सुन्दरहरैँचा नगरपालिकाका तीन र पथरीशनिश्चरेका एक जना छन् । 

दुई महिनायता कोरोना नदेखिएको विराटनगरमा नयाँ भेटिएका संक्रमितमध्ये चार जना पुरुष र दुई महिला छन् । यसअघि संक्रमण नियन्त्रणमा आएको भन्दै विराटनगर महानगरपालिकाले पीसीआर परीक्षण बन्द गरेको थियो । महानगरले स्वाब संकलन केन्द्र पनि बन्द गरेको अवस्थामा चैत ५ गतेयता भने विराटनगरमा नयाँ संक्रमित भेटिन थालेका हुन् । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]