• चैत १३, २०७७
  • जुनकिरी खबर

प्रदेश १ काे मन्त्रिपरिषद विस्तार

alt

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

 
 
 

नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । माओबादी केन्द्र छोडेका टंक आङ्बुहाङ, माधव नेपाल समुहमा केहि समय रहेकी उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिईएको छ । उषाकला राईले सामाजिक बिकासमन्त्रीको जिम्मेवारी पाएकी छन् । नेपाल समूहबाट ओली समूहमा लागेका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना मन्त्रीमा बढुवा भएका छन् । अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन् ।

नेपाल समुहबाट मुलधारमा आएकी उदयपुरकी सांसद कला घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । मोरङका राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]