• चैत १९, २०७७
  • जुनकिरी खबर

नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने

alt

नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

चैत २३ गतेको संसद् बैठक अगावै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए । उनको संसदीय दलको बैठकमा समर्थन फिर्ता लिनेबारे छलफल भइरहेको बताएका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय पछि मुख्यमन्त्री शेरधन राई विरुद्ध गत पुस १२ गते तत्कालीन नेकपा दाहाल–नेपाल समूहका ३७ जना सांसदले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि एमालेको नेपाल समूहका १६ सांसदले मङ्गलवार सामूहिक रूपमा हस्ताक्षर फिर्ता लिइसकेका छन् । मुख्यमन्त्री राई विरुद्ध हस्ताक्षर गरेका ७ जनाले यसअघि नै हस्ताक्षर फिर्ता लिएका थिए ।

नयाँ राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिइने माओवादी केन्द्र संसदीय दलका नेता आङ्वोले बताए । उनले भने, ‘संसद् बैठकबाटै समर्थन फिर्ता लिइने छ ।’ माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री राई नेतृत्वको सरकारलाई कुनै असर पर्ने छैन । प्रदेश सभामा एमालेको एकल बहुमत छ । एमालेको ५१ सांसद छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]