• चैत १९, २०७७
  • जुनकिरी खबर

प्रदेश १ अध्यक्षमा तीन जनाको दाबेदारी

alt

नेपाल पत्रकार महासङ्घ प्रदेश १ का लागि आज उम्मेदवारी दर्ता भएको छ । आगामी चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ का पत्रकारहरूले मनोनयन दर्ता गराएका हुन् ।

प्रदेश १ अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्, जसमा मोहन काजी, लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीको उम्मेवारी परेको छ । त्यसैगरी, उपाध्यक्ष (खुला)तर्फ अर्जुन जम्मेली, रोहितकुमार राई र लवदेव ढुङ्गानाको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्ष (महिला) तर्फ कोकिला ढकाल र हिमकुमारी चेम्जोङले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, महासचिव पदका लागि चार जनाले दाबेदारी प्रस्तुत गरेका छन्, जसमा श्री शिशा राई (श्रीप्रसाद), बन्धु पोखरेल, फिफाराज बेगा लिम्बू र विवेक गौतम रहेका छन् ।

त्यसैगरी, सचिव (खुला)तर्फ भने अविजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बूको उम्मेदवारी परेको छ । समावेशीतर्फको सचिव पदका लागि सन्तवीर लामा र सन्तोष यादवले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ, जसमा गणेश साम्पाङ, विमल लामिछाने (बुद्धि) र सन्तोष रुचाल रहेका छन् ।

खुलातर्फका पाँच सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । तीन महिला सदस्यका लागि सात जनाले दाबेदारी प्रस्तुत गरेका छन् । त्यसैगरी, एक दलित सदस्य पदका लागि दुई जना र आदिवासी–जनजातिका लागि चार जनाले मनोनयन दर्ता गराएका छन् । २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]