• चैत ३०, २०७७
  • जुनकिरी खबर

बराहक्षेत्रमा लागुऔषध दुर्व्यसन विरुद्धको अभियान शुभारम्भ (फोटो सहित)

alt

सुनसरीस्थित बराहक्षेत्र नगरपालिकामा लागुऔषध दुर्व्यसन विरुद्धको अभियान शुभारम्भ गरिएको छ । 
 
बराहक्षेत्र नगरपालिका, फ्यान क्लब, र ओरेक नेपाल सुनसरीको सहकार्यमा सोमबारबाट विभिन्न कार्यक्रम आयोजना गदै अभियानको शुभारम्भ गरिएको हो ।
 
शुभारम्भ कार्यक्रमको अवसरमा चकरघटीस्थित महेन्द्र मा बिमा ५ वटा विद्यालयका ५५ जना विद्यार्थीलाई जनचेतना मूलक टिसर्ट हस्तान्तरण गरिएको थियो । टिसर्ट हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवर्शीले सहभागी विद्यार्थीलाई लागुऔषध दुर्व्यसन विरुद्ध सचेतना मूलक जानकारी दिनुभएको थियो । 
 
Bra (7) टिसर्ट हस्तान्तरण पछि विद्यार्थीको र्‍यालीले बजार परिक्रमा गरी बसपार्कमा लागुऔषध विरुद्ध सन्देश मूलक नाटक समेत प्रस्तुत गरिएको थियो । नाटक आदर्श  माविका बिध्यार्थीद्वारा प्रस्तुत गरिएको थियो। 
 
Bra (5) अभियान शुभारम्भ कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाल, सुनसरीका प्रहरी उपरीक्षक कमल थापा, उपमेयर कमला मगर, फ्यान सम्पादन कार्यसमिति सह संयोजक कृष्ण दाहाल, वडा अध्यक्ष उद्धव पोखरेल लगायतको उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उमेश ढकालले लागुऔषध दुर्व्यसन विरुद्ध गठन भएको फ्यान क्लब अनि यहाँ जोडिएका विभिन्न सङ्घसंस्थाको पहलमा बराहक्षेत्र नगरपालिकामा अभियान सुरुवातको कार्यले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । विद्यार्थीका बिच अभियान सुरुवात हुनुले ठुलो उपलब्धि हुने  बताउँदै लागुऔषध विरुद्ध सबै एक हुन अबको आवश्यकता रहेको बताउनुभयो ।
 
यस्तै प्रहरी उपरीक्षक कमल थापाले सुनसरीमा फ्यान क्लब मार्फत लागुऔषध विरुद्धका कार्यक्रमहरू उत्साहको साथ अघि बढेको बताउनुभयो । विशेष गरी ओरेक नेपाल र बराहक्षेत्र नगरपालिकाको अग्रसरतामा अभियान शुभारम्भ भएको प्रति शुभकामना दिँदै अगामी दिनहरूमा यस्ता कार्यक्रममा प्रहरी सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो । 
 
उपमेयर कमला मगरले पनि बराहक्षेत्रमा अभियानको शुभारम्भ भएको प्रति खुसी व्यक्त गदै लागुऔषध दुर्व्यसन विरुद्धको अभियानमा उपमहानगर सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो ।  कार्यक्रममा ओरेक नेपाल सुनसरीको तर्फबाट विमला घिमिरेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । 
Bra (1) Bra (6) Bra (3) Bra (2) Mma
 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]