• चैत ३१, २०७७
  • जुनकिरी खबर

जनता बहुमुखीका विद्यार्थीले दिए शिक्षा महाशाखामा निवेदन

alt

इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखीका विद्यार्थी न्यायको माग राखेर शिक्षा महाशाखा पुगेका छन् ।

लकडाउनको समयको समेत पूर्ण शुल्क लिएको भन्दै इटहरी उपमहानगरपालिका स्थित शिक्षा महाशाखामा निवेदन दिन पुगेका हुन् । अनलाइन तथा भौतिक कुनै पनि कक्षा सञ्चालन नभएको तर क्याम्पसले १२ महिनाकै शुल्क लिने भएपछि आफूहरू अन्यायमा परेको उनीहरू बताउँछन् ।

उपमहानगरपालिकाका प्रमुख तथा शिक्षा समिति संयोजक लाई सम्बोधन गरेको निवेदन सहित उनीहरू आज शिक्षा महाशाखा पुगेका हुन् ।

उता क्याम्पस प्रमुख गीता अधिकारीका अनुसार यस अघि नै २ महिनाको शुल्क मिनाहा गर्ने निर्णय भइसकेको छ । माइन्युटमै निर्णय गरेर शुल्क मिनाहा गर्ने भनिएको उनको भनाई छ । फारम भरेको पैसा फिर्ता गर्ने निर्णय भएको समेत उनले बताइन् ।

यस अघि इटहरीका निजी कलेजका विद्यार्थीले शुल्क मिनाहाको विषयमा १८ दिनसम्म आन्दोलन गरेका थिए । अन्त्यमा २ महिनाको शुल्क मिनाहा गर्ने निर्णय भएपछि आन्दोलन रोकिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]