• वैशाख २, २०७८
  • जुनकिरी खबर

धरानमा पानीको हाहाकार

alt

नेपाल खानेपानी संस्थानलाई केही समयअघि धरान खानेपानी व्यवस्थापन बोर्डमा गाभियो । यसो गरेर खानेपानी वितरण चुस्त बनाउने भनिएको थियो । तर त्यसो हुन भने सकेको छैन । वितरण प्रणालीमा देखिएको समस्या पहिचान गर्न नसक्दा धरान उपमहानगरमा पानीको हाहाकार भएको छ ।

उपभोक्ताले बोर्ड र पुरानो संस्थान एकै ठाउँ हुँदा पनि किन खानेपानी आपूर्ति गर्न नसकेको भनेर प्रश्न गर्न थालेपछि बोर्डले समस्याको पहिचान गरेर सहज रूपमा पानी वितरण गर्न अझै ६ महिना लाग्ने बताएको छ ।

एसियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालित २२ मिलियन अमेरिकी डलरको आयोजना अन्तिम रूप दिनुपूर्व ‘टेस्टिङ एन्ड कमिसनिङ रिपोर्ट’ पर्खिनुपर्ने बोर्डले जनाएको छ । खानेपानी आयोजनाका परामर्शदाता बिल्डिङ डिजाइन अथोरिटी (बीडीए) कम्पनीका निर्देशक अनिल नेपालले आयोजनाका पाँच

ट्यांकीमध्ये धरान ११ स्थित सुम्निमा सब–सिस्टमको ट्यांकीको परीक्षण गर्न १५ लाख लिटर पानी आवश्यकता पर्ने बताए । उनले पर्याप्त पानी भएको बेलामा परीक्षण गर्नुपर्ने भएकाले अझै ६ महिना पर्खिनुपर्ने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]