• वैशाख ४, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा ३९ जना कोरोना सङ्क्रमित थपिए

alt

धरानका ५ जना सहित आज प्रदेश १ मा १६ महिला २३ पुरुष गरी ३९ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज थपिएकामा मोरङको विराटनगर महानगरपालिकामा ७ महिला, ९ पुरुष गरी १६ जना, रतुवामाई नगरपालिकामा १ जना महिला, पथरीशनिश्चरे नगरपालिकामा १ जना पुरुष गरी मोरङमा १८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकामा २ महिला, ३ पुरुष गरी ५ जना, इटहरी उपमहानगरपालिकामा २ पुरुष, २ महिला गरी ४ जना र रामधुनी नगरपालिकामा २ पुरुष गरी सुनसरीमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

झापाको भद्रपुर नगरपालिकामा २ पुरुष, बिर्तामोड नगरपालिकामा ३ महिला १ पुरुष गरी ४ जना, गौरादह नगरपालिकामा १ पुरुष र अर्जुनधारा नगरपालिकामा १ महिला गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

इलामको सूर्योदय नगरपालिकामा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुष गरी आज प्रदेश १ मा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३०,६०४ पुगेको छ भने २९,८८७ जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार अहिले प्रदेश १ मा २४५ जना आइसोलेसनमा रहेका छन् भने ४७२ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]