• साउन ८, २०७६
  • जुनकिरी खबर

वर्षायाममा सरुवारोगको जोखिम उच्च, सचेत रहन आग्रह

alt

मनसुनको समयमा खानपान र खानेपानीका कारण मानिसमा विभिन्न सरुवारोगको खतरा उच्च रहने गर्दछ । झाडापखाला, ज्वरो, टाइफाइड, डेंगीलगायतका सरुवारोगको जोखिम बढ्ने हुँदा सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

वर्षायाममा पानीका कारण टाइफाइड, जन्डिस, झाडापखाला, मलेरिया, हेपाटाइटिस, स्क्रब टाइफसलगायतका सरुवारोगको जोखिम उच्च हुने हुँदा सचेत रहनुपर्ने चिकित्सकहरुले सुझाव दिने गर्दछन् ।

खानपान र प्रदूषित पानीका कारण हाल काठमाडौं र आसपासका जिल्लाका धेरै मानिसमा झाडापखाला, टाइफाइडलगायतका समस्या देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले जनाएको छ ।

यस्तै, बाढी–पहिरोले प्रभावित तराईलगायतका जिल्लामा सर्पदंश र लामखुट्टेको टोकाइबाट सर्ने रोगहरुकोसमेत उच्च जोखिम रहेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

बााढी प्रभावित जिल्लाहरुमा घाउ–खटिरा भएका व्यक्तिमा प्रदूषित पानीले स्वास्थ्यमा थप समस्या ल्याउनसक्ने सरुवारोग विशेषज्ञहरु बताउँछन् ।

यस्तै, मुसामा हुने किर्नाले मानिसलाई टोकेर लाग्ने स्क्रब टाइफसकोसमेत यस समयमा जोखिम उच्च रहने डा. पुनले जानकारी दिए ।

शारीरिक सरसफाइ गर्ने, पानी उमालेरमात्र खाने, घर वरपर सफा गर्ने, बासी र खुला ठाउँमा राखिएको खानेकुरा नखाने गर्दा पनि सरुवारोगको जोखिमबाट बच्च सकिने चिकित्सकहरु बताउँछन् ।

ज्वरो आउने, दिशामा रगत देखिने, थकित महसुस हुने, खान मन नलाग्ने, पेट दुख्नेजस्ता लक्षणहरु देखिएमा तत्काल चिकित्सकको सम्पर्कमा आउनसमेत आग्रह गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]