• वैशाख ७, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा प्रतिपक्षीद्वारा अविश्वासको प्रस्ताव ल्याउने तयारी

alt

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य सुरु गरेका छन् ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि काँग्रेस र माओवादी केन्द्रका नेताहरू हौसिएका हुन्। यद्यपि प्रदेश १ मा आफ्नै पार्टीको प्रस्ट बहुमत भएको सरकार ढाल्ने उनीहरूले फ्लोर क्रस गर्छन् गर्दैन यकिन छैन।

प्रदेशसभाको अधिवेशन भने आइतबार अन्त्य भएको छ। अब केही समयपछि बजेट अधिवेशन बोलाउनुपर्छ। ‘मुख्यमन्त्रीले सांसद छले, सत्तापक्ष संसद्सँग डराएर भाग्नुभयो,’ नेपाली काँग्रेस प्रमुख सचेतक केदार कार्की भन्छन्, ‘बजेट ल्याउने सदन यहीँ होला, भागेर कसरी ल्याउने ?’

नयाँ सरकार बन्ने अग्रसर हुनसक्ने सङ्केत गर्दै उनले जनताले काँग्रेसलाई जनताले पाँच वर्ष प्रतिपक्षमा बस्ने मत दिएको भए पनि आवश्यक परे अघि बढ्न तयार रहेको बताए।

माओवादी केन्द्रले पनि त्यही आसमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । ‘सरकारले संसद्को मर्यादा कायम राख्न सकेन, अविश्वासको प्रस्ताव आउन सक्छ,’ नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘अहिलेलाई सरकारलाई दिएको समर्थन यथावत् नै छ।’

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]