इटहरीमा वसोवास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित वसोवासीलाई ब्यवस्थित गर्न प्रक्रिया सुरु गरिएको छ । इटहरीमा भोली वैशाख ९ गते देखि २० वटै वडाका टोल टोलमा लगत संकलन सुरु गरिदै छ । लगत संकलनका लागि २५ जना कर्मचारी खटिने छन ।
ठूला ५ वटा वडामा दुई दुई जना र अन्य वडामा एक एक जनाका दरले कर्मचारी खटाइएको छ । वैशाख महिना भित्रमा इटहरीका सवै भूमिहिन सुकुम्वासी भूमिहिन दलित र अब्यवस्थित वसोवासीको लगत संकलन गरि सकिने छ । इटहरीमा भूमी सम्वन्धी समस्यालाई समाधानका लागि सहजिकरण गर्न नगरप्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ ।
यसैगरि सवै वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समिति गठन गरिएको छ ।नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भूमी सम्वन्धी समस्या समाधान सहजिकरण समितिको वैठक वसि लगत संकलन कार्यलाई कसरी सहज वनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved