• वैशाख १६, २०७८
  • जुनकिरी खबर

सुनसरीमा शुक्रबारदेखि निषेधाज्ञा

alt

जिल्ला प्रशासन कार्यालयले वैशाख १७ गते मध्यराति देखि २४ गते मध्यरातिसम्म सुनसरीभरि निषेधाज्ञा जारी गरेको छ । कोरोनाको दोश्रो लहरसँगै जिल्लामा संक्रमण तीव्र भएपछि रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार एकसाता सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञा अवधिभर सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, विवाह, पार्टी प्यालेस, सपिङ मल, शैलुन, ब्यूटिपार्लर, पुस्तकालय, संग्रहालय, चिडियाखाना, जिमखाना, खेलकुद संचालनमा रोक लगाइएको छ ।

यसैगरी सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाहरुले स्वीकृति लिएर अत्यावश्यक सेवा बाहेक अन्य सेवामा रोक लगाइएको छ । जिल्ला प्रशासनले औषधि र स्वास्थ्य सामाग्री बिक्री गर्ने पसलबाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म मात्र खुला गर्न दिएको छ । तर होटल रेस्टुरेन्टलाई भने बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म संचालन गर्न दिइएको छ ।

जिल्ला प्रशासनको आदेशको अवहेलना भए संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]