• वैशाख १८, २०७८
  • जुनकिरी खबर

सुनसरीमा कोरोना संक्रमणले आमाछोराको मृत्यु

alt

सुनसरीको इनरुवा नगरपालिका–३ महेन्द्र चोकमा बस्ने एकै परिवारका ५ जनामा कोरोना संक्रमित भएकामध्ये आमाछोराको मृत्यु भएको छ । इनरुवा ३ का वडाध्यक्ष कालुराम गुरुङकाअनुसार कोरोना संक्रमणबाट ८४ वर्षीया आमाको मृत्यु भएको चार दिनपछि शनिबार ६४ वर्षीय छोराको पनि मृत्यु भएको हो ।

वृद्धाको गत बुधबार विराटनगरस्थित नोवल अस्पतालमा मृत्यु भएको थियो । उनी काठमाडौंबाट दुई साताअघि इनरुवास्थित घर आएकी थिइन् ।

वडाध्यक्ष गुरुङले भने, ‘कोरोना संक्रमणकै कारण वृद्धाको मृत्यु भएपछि तत्कालै परिवारका अन्य सदस्यको पनि पीसीआर जाँच गर्दा घरका दुईजना पुरुषबाहेक ६४ वर्षीय छोरा, उनका श्रीमती र दुई छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।’

मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका ६४ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा पनि समस्या देखिएपछि कोसी अस्पतालमा तत्काल भर्ना गरेर उपचाररत अवस्थामा मृत्यु भएको गुरुङले बताए ।

परिवारका अन्य सदस्यहरु कोरोना पोजिटिभ भए पनि स्वास्थ्य अवस्था सामान्य भएकाले घरैमा रहेको वडाध्यक्ष गुरुङले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]