• वैशाख २०, २०७८
  • जुनकिरी खबर

झापामा साताका लागि निषेधाज्ञा जारी

alt

झापामा पनि आइतबार मध्यराती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा समुदायमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले एक साताका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा उल्लङ्घन गर्ने र आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सङ्क्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।

निषेधाज्ञामा सर्वसाधारण जनताका लागि अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, सामाजिक दुरी, स्वास्थ्य मापदण्ड पालना गर्ने, नियमित रूपमा साबुन पानीले हात धुने, अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्ने, हाट बजार, मेला, जात्रा महोत्सव पार्टी, भोज लगायतको भिडभाड हुने कार्य नगर्ने नगराउने, अत्यावश्यक बाहेक १० वर्ष भन्दा मुनि तथा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरू तथा दिर्घरोगीले कुनै पनि काममा घर बाहिर नजान आव्हान प्रशासनले गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]