• वैशाख २१, २०७८
  • जुनकिरी खबर

सुनसरीमा पूर्ण निषेधाज्ञा जारी ! के – के पाइने, के नपाइने

alt

सुनसरीमा आज मध्यरातीबाट लागु हुने गरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले बैशाख ३१ गते सम्म जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
इनरुवा स्थित जिल्ला प्रशासन कार्यालयमा डाकिएको सर्वपक्षिय भेलापछि डीसीसीएमसीले जिल्लाभर पूर्ण निषेधाज्ञा जारी गर्ने निर्णय लिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले चेक ब्रेक गर्न पूर्ण निषेधाज्ञा गरिएको जानकारी दिनु भयो । प्रशासनले पूर्ण निषेधाज्ञा जारी गरेसँगै सुनसरीमा यसअघि सवारी साधनको हकमा कायम गरिएको जोर, बिजोर प्रणाली हटेको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सवारीका साधन संचालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।
प्रशासनले अत्यावश्यकको सुचीमा राखेका सवारी साधनमा एम्बुलेन्स, खानेपानी, इन्धन, स्वास्थ्य, खाद्यान्न,तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी संचालन गर्न दिने भनेको छ । त्यसैगरी बैंक तथा वित्तिय संस्था, दुरसंचार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा, लगायतका ढुवानी तथा यातायातका साधन समेत विषय उल्लेख गरी संचालन गर्न पाउने भनिएको छ ।

त्यसका साथै अत्यावश्यक सेवाका पसल बिहान १० बजेसम्म बाहेक अन्य सबै तत्काललाई संचालनमा ल्याउन नपाइने सुनसरी प्रशासनले जनाएको छ । होटल तथा रेष्टुरेन्टको हकमा अनलाइन अर्डरका आधारमा होम डेलिभरी तथा टेक अवे विधि मार्फत मात्र सेवा दिन पाउने जारी सूचनामा उल्लेख छ । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ । पूर्ण निषेधाज्ञाको अवधिमा समेत राष्ट्रिय गौरभ तथा महत्वका आयोजना भने संचालन गर्न पाइने छ । त्यसैगरी उद्योगको हकमा सकेसम्म थोरै जनशक्ति खटाउने र तिनिहरुको खानपिन र बस्ने व्यवस्था उद्योग परिषरमै मिलाउनु पर्ने वा जनशक्ति घरबाटै ल्याउने, लैजाने बन्दोवस्ती मिलाउनु पर्ने भनिएको छ ।

प्रशासनले दिएको जानकारी अनुसार विवाहमा बढीमा १४ जना दुई गाडीमा बेहुला सहित ब्यानर राखेर बाहेक हिड्न पाइने छैन् । तोकिएको मापदण्डमा रही विवाहमा सरिक हुने सवारीको हकमा पास नचाहिने पनि प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले संक्रमण दर बढ्दै गएकाले यस अघिको आशिंक निषेधाज्ञाको आदेश संसोधन गरी कडाइका साथ पालना गर्ने र गराउने गरी पूर्ण निषेधाज्ञा जारी गरिएको जनाएको छ ।  सुनसरीका प्रजिअ उमेश कुमार ढकालका अनुसार पूर्ण निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक हिडडुल समेत गर्न पाइने छैन् । ढकालका अनुसार अत्यावश्यक कार्यमा पर्ने औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिद भने स्वास्थ्य मापदण्डको अधिनमा रही गर्न दिइने छ । प्रजिअ ढकालले निषेधाज्ञालाई कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको समेत बताउनु भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]